Mayoral candidacy, Lalitpur Metropolitan Cityमेयर पदको उम्मेदवारी, ललितपुर महानगरपालिका

Lalitpur belongs to every citizen, every tole, every community and every generation.ललितपुर हरेक नागरिक, हरेक टोल, हरेक समुदाय र हरेक पुस्ताको हो।

Hamro LMC is a campaign to make sure all of us have a voice and a part in building Lalitpur's future. It is also the mayoral candidacy of Satish N. Joshi.हाम्रो LMC ललितपुरको भविष्य निर्माणमा हामी सबैको आवाज र सहभागिता सुनिश्चित गर्ने अभियान हो। यो सतिश एन. जोशीको मेयर पदको उम्मेदवारी पनि हो।

Purpose, not politics. Independent by choice, and open to principled partnership with parties and groups who share a purpose-first approach.राजनीति होइन, उद्देश्य। रोजेरै स्वतन्त्र, र उद्देश्यलाई पहिलो स्थानमा राख्ने दल र समूहहरूसँग सिद्धान्तमा आधारित साझेदारीका लागि खुला।

The campaign mark: hashtag Hamro LMC, in white and yellow on a pink band across navy

A Lalitpur as beautiful to live in as it is to look atहेर्दा जति सुन्दर, बस्न पनि उत्तिकै सुन्दर ललितपुर

Our ancestors expected greatness of their city, and they built it. They made a city so beautiful it was named Lalitpur, the City of Fine Arts. They built it so well that our hitis still give water more than a thousand years later.हाम्रा पुर्खाहरूले आफ्नो सहरबाट महानताको अपेक्षा गरे, र त्यो बनाएर देखाए। उनीहरूले यति सुन्दर सहर बनाए कि यसको नाम नै ललितपुर, अर्थात् ललितकलाको सहर रहन गयो। यति राम्ररी बनाए कि हाम्रा हिटीहरूले हजार वर्षभन्दा बढी समयपछि पनि पानी दिइरहेका छन्।

My vision is a Lalitpur where:मेरो परिकल्पना यस्तो ललितपुर हो, जहाँ:

  1. Waterपानी

    Clean, safe water runs from every tap, whenever you need it.हरेक धारामा, चाहिएको बेला, सफा र सुरक्षित पानी आउँछ।

  2. Streetsसडक र टोल

    Streets and neighbourhoods are clean, safe and easy to walk, for a child on the way to school and a grandmother on the way to the temple.सडक र टोलहरू सफा, सुरक्षित र हिँड्न सजिला छन्, विद्यालय जाँदै गरेको बच्चाका लागि पनि, मन्दिर जाँदै गरेकी हजुरआमाका लागि पनि।

  3. Healthस्वास्थ्य

    Every generation stays healthy, with clean air and good care close to home.सफा हावा र घर नजिकै राम्रो उपचारसँगै हरेक पुस्ता स्वस्थ रहन्छ।

  4. Education and skillsशिक्षा र सीप

    Every child gets the education and skills to compete with the best in the world, and going abroad is not the only option.हरेक बालबालिकाले विश्वका उत्कृष्टसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा र सीप पाउँछन्, र विदेश जानु मात्र एउटै विकल्प हुँदैन।

  5. Arts and heritageकला र सम्पदा

    Our arts, culture and heritage are both living and a livelihood, for the artisans, musicians and craftspeople who carry them.हाम्रा कला, संस्कृति र सम्पदा जीवित रहन्छन्, र तिनलाई धान्ने कालिगढ, सङ्गीतकर्मी र शिल्पीहरूको जीविकाको आधार पनि बन्छन्।

  6. Opportunityअवसर

    Anyone and everyone has the opportunity to build a good life with dignity.जोसुकैले पनि सम्मानका साथ राम्रो जीवन बनाउने अवसर पाउँछ।

That holds for every person who calls LMC home, whether you live inside or outside the Ring Road, and whatever your caste, ethnicity, economic class or age.यो कुरा LMC लाई आफ्नो घर ठान्ने हरेक व्यक्तिका लागि हो, तपाईं चक्रपथभित्र बस्नुहोस् वा बाहिर, तपाईंको जात, जातीयता, आर्थिक वर्ग वा उमेर जेसुकै होस्।

A sewak, not a shasakसेवक, शासक होइन

My vision for LMC is also a government that sees itself differently: as a sewak, a servant that exists only to serve its citizens, not as a shasak, a ruler.LMC का लागि मेरो परिकल्पना आफूलाई फरक ढङ्गले हेर्ने सरकार पनि हो: नागरिकको सेवा गर्न मात्र अस्तित्वमा रहेको सेवक, शासक होइन।

Today, a good school or a clean street feels like luck or luxury. It should be what we expect, not the exception.आज राम्रो विद्यालय वा सफा सडक पाउनु भाग्य वा विलासिता जस्तो लाग्छ। त्यो अपवाद होइन, हामीले अपेक्षा गर्ने सामान्य कुरा हुनुपर्छ।

What I am offering the cityम सहरलाई के दिन चाहन्छु

Four commitments to start from. We will shape the full agenda by listening first.सुरुआतका लागि चार प्रतिबद्धता। पूरा एजेन्डा हामी पहिले तपाईंहरूको कुरा सुनेर बनाउनेछौँ।

  • Water securityपानीको सुरक्षा

    With backups that reach beyond the core.मूल सहरभन्दा बाहिरसम्म पुग्ने वैकल्पिक व्यवस्थासहित।

  • Equal priority for every wardहरेक वडालाई बराबर प्राथमिकता

    Including the wards outside the Ring Road.चक्रपथ बाहिरका वडाहरूलाई पनि।

  • Honest numbersइमानदार हिसाब

    On city revenue and on city spending.महानगरको आम्दानी र खर्च दुवैको।

  • Simple servicesसरल सेवा

    Technology-enabled, and without the hassle.प्रविधिमा आधारित, झन्झटरहित।

[PHOTO OF SATISH JOSHI][सतिश जोशीको फोटो]

BBA Finance, Pacific Union College. CFA charterholder.बीबीए (फाइनान्स), प्यासिफिक युनियन कलेज। सीएफए चार्टरहोल्डर।

Satish N. Joshiसतिश एन. जोशी

Lalitpur-born, rooted here for generations. Trained and tested in the United States, then fifteen years of putting that experience to work for Nepal.ललितपुरमै जन्मेको, पुस्तौँदेखि यहीँ जरा गाडेको। संयुक्त राज्य अमेरिकामा पढेको र खारिएको, त्यसपछि पन्ध्र वर्षदेखि त्यो अनुभव नेपालका लागि प्रयोग गर्दै आएको।

Lalitpur is lovely and livable, yet young residents tell me they want to leave and parents tell me their children will not stay. For fifteen years my work has been to make life in Nepal better, mostly with government on investment, energy, policy and local government. City hall is where that work becomes visible in a family's daily life.ललितपुर सुन्दर र बस्न लायक छ, तर पनि युवाहरू मलाई यहाँबाट जान चाहेको बताउँछन् र अभिभावकहरू आफ्ना छोराछोरी यहाँ नबस्ने बताउँछन्। पन्ध्र वर्षदेखि मेरो काम नेपालमा जीवन अझ राम्रो बनाउनु रहेको छ, धेरैजसो सरकारसँग मिलेर लगानी, ऊर्जा, नीति र स्थानीय सरकारका क्षेत्रमा। त्यो काम परिवारको दैनिक जीवनमा देखिने ठाउँ नै महानगरपालिका हो।

I want Lalitpur to be a choice, not a sacrifice. I build things that last, bring opposing sides to agreement, and ask for nothing from the office.म ललितपुर त्याग होइन, रोजाइ बनोस् भन्ने चाहन्छु। म टिक्ने कुरा बनाउँछु, फरक मत भएका पक्षलाई सहमतिमा ल्याउँछु, र यो पदबाट आफ्ना लागि केही चाहन्नँ।

The recordकामको अभिलेख

Solves real problemsवास्तविक समस्या समाधान गर्छ
  • Closed hard deals. As Principal Manager at the Investment Board of Nepal, led the negotiation and signing of Project Development Agreements for Upper Karnali and Arun 3 (900 MW each).कठिन सम्झौता टुङ्ग्याएको। लगानी बोर्ड नेपालको प्रिन्सिपल म्यानेजरका रूपमा माथिल्लो कर्णाली र अरुण ३ (प्रत्येक ९०० मेगावाट) का परियोजना विकास सम्झौताको वार्ता र हस्ताक्षरको नेतृत्व गरेको।
  • Changed the rules. Helped drive the ERC Act, the Open Access framework and the TBCB guidelines that open transmission to private investment, working with the Ministry, regulator, NEA and donors.नियम बदलेको। मन्त्रालय, नियामक, नेपाल विद्युत प्राधिकरण र दातृ निकायसँग काम गर्दै, प्रसारण क्षेत्र निजी लगानीका लागि खुला गर्ने विद्युत नियमन आयोग ऐन, ओपन एक्सेस ढाँचा र टीबीसीबी निर्देशिका अघि बढाउन सघाएको।
  • Made services fairer. Led NEA's cost-of-service and tariff redesign for affordability, and helped build its five-year strategic plan.सेवा अझ न्यायोचित बनाएको। सर्वसाधारणले धान्न सक्ने गरी नेपाल विद्युत प्राधिकरणको सेवा लागत र महसुल पुनर्संरचनाको नेतृत्व गरेको, र यसको पाँचवर्षे रणनीतिक योजना बनाउन सघाएको।
Brings people togetherमानिसहरूलाई जोड्छ
  • Convened government, private sector, development partners and civil society through years of consultations and workshops, and turned competing interests into workable consensus. Managed teams of 25+ consultants.वर्षौँका परामर्श र कार्यशालामार्फत सरकार, निजी क्षेत्र, विकास साझेदार र नागरिक समाजलाई एकै ठाउँमा ल्याएको, र बाझिने स्वार्थहरूलाई व्यावहारिक सहमतिमा बदलेको। २५ भन्दा बढी परामर्शदाताको टोली सम्हालेको।
Local government and moneyस्थानीय सरकार र वित्त
  • Technical advisor to The Asia Foundation's project on subnational finance, helping newly formed local governments build financial autonomy and finance infrastructure. CFA charterholder who knows how to read a budget and find where the money should go.द एसिया फाउन्डेसनको उपराष्ट्रिय वित्तसम्बन्धी परियोजनाको प्राविधिक सल्लाहकार, जसले नवगठित स्थानीय सरकारहरूलाई वित्तीय स्वायत्तता बनाउन र पूर्वाधारमा लगानी जुटाउन सघायो। बजेट पढ्न र पैसा कहाँ जानुपर्छ भनी पत्ता लगाउन जान्ने सीएफए चार्टरहोल्डर।
Citizen and community workनागरिक र समुदायको काम
  • Drishti. Helped set up a citizen air-quality monitoring network and shared the data openly, using evidence to press government and local stakeholders to act on air pollution.दृष्टि। नागरिक स्तरको वायु गुणस्तर मापन सञ्जाल स्थापना गर्न सघाएको र तथ्याङ्क खुला रूपमा साझा गरेको, ताकि प्रमाणका आधारमा सरकार र स्थानीय सरोकारवालालाई वायु प्रदूषणविरुद्ध कदम चाल्न दबाब दिन सकियोस्।
  • Sa.Ball Foundation. Building grassroots pathways for girls' football in Nepal, with scholarship partnerships and ANFA engagement, and scouting talent well beyond the capital (Kailali, Rautahat, Mechi).सा.बल फाउन्डेसन। छात्रवृत्ति साझेदारी र एन्फासँगको सहकार्यमार्फत नेपालमा बालिका फुटबलका लागि तल्लो तहदेखिको बाटो बनाउँदै, र राजधानीभन्दा धेरै टाढा (कैलाली, रौतहट, मेची) बाट प्रतिभा खोज्दै।
Built in Americaअमेरिकामा खारिएको
  • Pattern Energy, San Francisco. Led the finance analyst group at a leading US wind and transmission developer, including a $140M private placement financing a 101 MW wind farm in the 2009 credit crunch. Before that, Babcock & Brown.प्याटर्न इनर्जी, सान फ्रान्सिस्को। अमेरिकाको एक अग्रणी वायु ऊर्जा र प्रसारण विकासकर्ता कम्पनीमा वित्त विश्लेषक समूहको नेतृत्व गरेको, जसमा सन् २००९ को ऋण सङ्कटका बेला १०१ मेगावाटको वायु ऊर्जा फार्मका लागि १४ करोड अमेरिकी डलरको प्राइभेट प्लेसमेन्ट पनि पर्छ। त्यसअघि ब्याबकक एन्ड ब्राउन।
  • Also founded and ran a farm-to-table restaurant in Olympia, WA, so I know what making payroll feels like.वासिङ्टनको ओलम्पियामा फार्म-टु-टेबल रेस्टुरेन्ट पनि खोलेर चलाएको, त्यसैले कर्मचारीलाई तलब खुवाउनु कस्तो हुन्छ भन्ने मलाई थाहा छ।
Rooted and accountableजरा गाडेको र जवाफदेही
  • My father, Durga Narayan Joshi, served as a ward chair in 2019 BS (c. 1962), at the turning point of Nepal's democracy. Service was his life: quiet, daily, unannounced. I carry that standard.मेरा बुबा दुर्गा नारायण जोशीले नेपालको प्रजातन्त्रको महत्त्वपूर्ण मोडमा, वि.सं. २०१९ (सन् १९६२ तिर) मा वडा अध्यक्षका रूपमा सेवा गर्नुभयो। सेवा नै उहाँको जीवन थियो: शान्त, दैनिक, बिना प्रचार। म त्यही मापदण्ड बोक्छु।
  • I will be transparent about family and business interests, step back from any conflict, and put the family name ahead of winning.म पारिवारिक र व्यावसायिक स्वार्थबारे पारदर्शी रहनेछु, स्वार्थ बाझिने जुनसुकै अवस्थाबाट पछि हट्नेछु, र जित्नुभन्दा परिवारको नामलाई माथि राख्नेछु।

What needs to change in your tole?तपाईंको टोलमा के बदलिनुपर्छ?

Hamro LMC is more than a social media handle. It is a shared platform for citizens' voices, ideas and participation. I want to come to your tole, meet you and hear about the things that matter to you.हाम्रो LMC सामाजिक सञ्जालको एउटा ह्यान्डल मात्र होइन। यो नागरिकको आवाज, विचार र सहभागिताको साझा मञ्च हो। म तपाईंको टोलमा आएर, तपाईंलाई भेटेर, तपाईंका लागि महत्त्वपूर्ण विषयहरूबारे सुन्न चाहन्छु।

यो नागरिकको आवाज, विचार र सहभागिताको साझा मञ्च हो।

Follow @hamrolmc@hamrolmc लाई फलो गर्नुहोस्